Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

मेस्सीलाई उछिन्दै रोनाल्डो बने धेरै आम्दानी गर्ने फुटबलर

एजेन्सी । लियोनल मेस्सीलाई उछिन्दै क्रिस्टियानो रोनाल्डो विश्वकै सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडी बनेका छन् ।

योसँगै उनले नयाँ विश्व कीर्तिमान बनाउन पनि सफल भएका छन् । फोर्ब्सको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा रोनाल्डो शीर्ष स्थानमा पुगेको सन् २०१७ पछि यो पहिलो अवसर हो ।

सन् २०२३ मा खेलाडीको सर्वाधिक कमाइका लागि उनले गिनिज वर्ल्ड रेकर्ड पनि हासिल गरेका छन् । साउदी क्लब अल नासर पुगेका रोनाल्डोले १३।६ करोड डलर आम्दानी गरेका छन् ।

रोनाल्डोले मैदान र मैदानबाहिर गरेर यो रकम कमाएका हुन् । पोर्चुगिज खेलाडीले क्रमशः ४.६ करोड डलर र ९ करोड डलर आम्दानी गरेका छन् । अल नासरमा उनको तलब दोब्बरले वृद्धि भए पनि उनको आम्दानीको ठुलो हिस्सा नाइकीको स्पोनसरसीप र सीआर सेभेन ब्रान्डको मर्चेन्डाइजबाट प्राप्त गरे ।

सन् २०२२ मा मेस्सीले १३ करोड पाउन्ड कमाउँदै विश्वको सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडी बनेका थिए । उनी त्यतिबेला पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077