Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दोलखा र सिन्धुपाल्चोकका नदी तथा खोलामा बाढीको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा आज पनि भारी वर्षा र बाढीको सम्भावना रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार दोलखा, सिन्धुपाल्चोक र बासपास भएर बहने केही स–साना नदी तथा खोलामा आज उल्लेख्य बहाव बढ्ने सम्भावना रहेको छ ।

संखुवासभा, रामेछाप, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलान्चोक, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, रोल्पा, दार्चुला र आसपास भएर बहने नदी तथा खोलामा पनि बहाव बढ्न सक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।

नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077