Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समाजलाई अग्रगतिमा लैजाने गरि शैक्षिक विकास हुन सकेन् : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले समाजलाई अग्रगतिमा लैजाने गरि शिक्षाको विकास सही ढंगबाट हुन नसकेको बताएका छन् ।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले व्यवहारिक शिक्षा दिनसक्ने मुलुकले मात्रै प्रगति गर्नसक्ने बताए ।

उनले मुलुकको शिक्षाको ठिक ढंगले विकास गर्न नसकेको मुलुकहरुले प्रगति गर्न नसक्ने भन्दै राम्रो शैक्षिक जनशक्तिको विकास गर्नसक्ने मलुकहरुको मात्रै प्रगति सम्भव रहेको उल्लेख गरे ।

सभामुख घिमिरेले भने, 'जुन मुलुकले शिक्षा ठिक ढंगले विकास गर्न सकेको छ, व्यवहारिक शिक्षा दिन सकेको छ, त्यसलाई व्यवहारमा उतारेर शिक्षाको गुणस्तरलाई परिवर्तन गर्न सकेको छ, त्यो मुलुकहरुले मात्रै विश्वमा प्रगती गर्न सकेका छन् ।’

साथै उनले शिक्षाको विकासका लागि अतिरिक्त क्रियाकलापहरुले महत्वपूर्ण भूमिका खेल्ने भएकाले त्यस्ता क्रियाकलापहरुमा जोड दिन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077