Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपा र राप्रपाका सांसदहरूले अवरोध गरेपछि संसद बैठक स्थगित

काठमाडौं । प्रतिपक्षी दल रास्वपा र राप्रपाका सांसदहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गरेपछि संसद बैठक स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् ।

विधेयक पेश गर्ने प्रक्रिया नमिलेको भन्दै रास्वपा र राप्रपाका सांसदहरूले नियमापत्ति गरेपछि प्रतिनिधिसभाको बैठकमा अवरोध सिर्जना भएको थियो ।

कानूनमन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नियमापत्ति गरेका थिए ।

त्यसबीचमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई आफ्नो धारणा राख्न सभामुख देवराज घिमिरले समय दिए पनि रास्वपा र राप्रपाका सांसदहरू उठेर आपत्ति जनाएपछि अवरोध भएको हो ।

रास्वपा सांसदहरू बसेको ठाउँबाट उठेर वेलतर्फ गएपछि सभामुखले बैठक स्थगित गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077