Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संसद् अपराधलाई पखाल्ने गंगाजल होइन : सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसद् अपराधलाई पखाल्ने गंगाजल नभएको बताएकी छन् ।

प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ माथि छलफमा भाग लिँदै सांसद् श्रेष्ठले संसद् अपराधलाई पखाल्ने गंगाजल नभएको बताएकी हुन् ।

सांसद् श्रेष्ठले भनिन्, 'राजनीतिको नाममा कसलाई बचाउन ल्याएको ऐन हो यो । इँटाभट्टामा जिउँदै मान्छे पोल्नेहरूका लागि यो विधेयक ल्याएको हो ? भाला रोपेर मान्छे मार्नेहरुलाई बचाउन ल्याएको हो यो विधेयक रु जनतामाथि दमन गर्ने गरी विधेयक ल्याइयो । जस्तो सुकै अपराधलाई पनि राजनीतिको नाम दिएर कुकर्म र अपराधलाई प्रश्रय र संरक्षण गर्न पाइदैन । अपराधलाई पखाल्ने गंगाजल यो सदन होइन ।’

यो विधेयक शक्ति पृथकिकरणको सिद्धान्त विपरित रहेको उनको भनाइ छ। त्यस लगत्तै सांसद श्रेष्ठले संसदमा असंसदीय शब्द बोलेको भन्दै त्यसलाई हटाउन सांसद रामशरण बजगाईले माग गरेका थिए ।

बैठकमा सांसद श्रेष्ठले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि विरोधको सूचना राखेकी थिइन । सो बिधेयकमाथि बोल्ने क्रममा गुण्डाशैली भनेपछि बजगाईले संसदको रेकर्डबाट हटाउन माग गरेका हुन् ।

सभामुख देवराज घिमिरेले सांसद बजगाईले भनेको भनाईप्रति ध्यानाकर्षण भएको बताउँदै अभिब्यक्ति के आएको छ हेरेर उचित निर्णय लिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077