Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपा सांसद सुमना श्रेष्ठले संसदमा ‘गुण्डा’ भनेपछि रेकर्डबाट हटाउन माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले रास्वपा सांसद सुमना श्रेष्ठको अभिव्यक्ति संसदीय मूल्य मान्यता विपरीतका रहेको भन्दै रेकर्डबाट हटाउन माग गरेका छन् ।

आइतबार बसेको बैठकमा सांसद श्रेष्ठले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ विधेयकमाथि बोल्ने क्रममा 'गुण्डाशैली' भनेपछि संसदको रेकर्डबाट हटाउन माग भएको हो ।

सांसद श्रेष्ठले उक्त ऐनले हिंसालाई माफी दिने गरी आएको भन्दै आपत्ति जनाएकी थिइन्।

सभामुख देवराज घिमिरेले सांसद बजगाईले भनेको भनाईप्रति ध्यानाकर्षण भएको बताउँदै अभिब्यक्ति के आएको छ हेरेर उचित निर्णय लिने जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077