Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

    कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 531
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाएका छन् ।

    केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न सभापति देउवाले आफ्नै निवासमा भोलि सोमबार दिउँसो २ बजे छलफलका लागि बोलाएका हुन् ।



    सभापति देउवाले भोलि पदाधिकारीसित छलफल गरेपछि पर्सि बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग फेरि छलफल गर्ने तयारी पनि गरेका छन् ।



    गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको छ ।

    भोलिको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी छ ।कांग्रेस केन्द्रीय समिति बैठक एक वर्षपछि साउन २ गते दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार