Online Nepal
  • शुक्रबार, २३ साउन २०८२
  • बंगलादेशलाई हराउँदै नेपालले जित्यो मैत्रीपूर्ण महिला फुटबलको उपाधि

    बंगलादेशलाई हराउँदै नेपालले जित्यो मैत्रीपूर्ण महिला फुटबलको उपाधि

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशमा भएको दुई मैत्रीपूर्ण खेलको ट्रफी आफ्नो पक्षमा पारेको छ ।

    ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई दोस्रो मैत्रीपूर्ण खेलमा टाइब्रकेरमा ४–२ ले पराजित गर्दै जित निकालेको हो ।



    निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । यसअघि गएको बिहीवार भएको पहिलो खेलमा नेपाल र बङ्लादेशले १–१ गोलको बराबरी खेलेका थिए ।

    योसँगै नेपालले गएको वर्ष काठमाण्डौमा भएको साफ च्याम्पियनशिपको फाइनलमा हारेको बदला लिएको छ । नेपाल साफ फाइनलमा बङ्लादेशसँग ३–१ गोलले पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार