Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बंगलादेशलाई हराउँदै नेपालले जित्यो मैत्रीपूर्ण महिला फुटबलको उपाधि

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशमा भएको दुई मैत्रीपूर्ण खेलको ट्रफी आफ्नो पक्षमा पारेको छ ।

ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई दोस्रो मैत्रीपूर्ण खेलमा टाइब्रकेरमा ४–२ ले पराजित गर्दै जित निकालेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । यसअघि गएको बिहीवार भएको पहिलो खेलमा नेपाल र बङ्लादेशले १–१ गोलको बराबरी खेलेका थिए ।

योसँगै नेपालले गएको वर्ष काठमाण्डौमा भएको साफ च्याम्पियनशिपको फाइनलमा हारेको बदला लिएको छ । नेपाल साफ फाइनलमा बङ्लादेशसँग ३–१ गोलले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077