Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

मेक्सिकोले जित्यो कन्काकाफ गोल्डकपको उपाधि

एजेन्सी । मेक्सिकोले कन्काकाफ गोल्डकपको उपाधि जितेको छ ।

सोमवार बिहान अमेरिकामा भएको प्रतियोगिताको फाइनलमा मेक्सिको पानामालाई १–० ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

क्यालिफर्नियास्थित सोफी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा सान्टियागो गिमिनेजले ८८ औं मिनेटमा एक मात्र गोल गरे ।

उनले ओर्बिलिन पिनेदाको पासमा गोल गरे । उत्तर तथा मध्य अमेरिकी क्षेत्रको १६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा मेक्सिकोले सेमिफाइनलमा जमैकालाई तथा पानामाले आयोजक अमेरिकालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

अहिलेसम्म १७ संस्करण आयोजना हुँदा मेक्सिकोले सर्वाधिक ९ पटक कन्काकाफ गोल्डकप उपाधि जितेको छ । अमेरिकाले ७ पटक उपाधि जित्दा क्यानडाले एक पटक उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077