Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मेक्सिकोले जित्यो कन्काकाफ गोल्डकपको उपाधि

    मेक्सिकोले जित्यो कन्काकाफ गोल्डकपको उपाधि

    अनलाइन नेपाल
  • सोमबार, १ साउन २०८०
  • 351
    SHARES

    एजेन्सी । मेक्सिकोले कन्काकाफ गोल्डकपको उपाधि जितेको छ ।

    सोमवार बिहान अमेरिकामा भएको प्रतियोगिताको फाइनलमा मेक्सिको पानामालाई १–० ले पराजित गर्दै च्याम्पियन बनेको हो ।



    क्यालिफर्नियास्थित सोफी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा सान्टियागो गिमिनेजले ८८ औं मिनेटमा एक मात्र गोल गरे ।



    उनले ओर्बिलिन पिनेदाको पासमा गोल गरे । उत्तर तथा मध्य अमेरिकी क्षेत्रको १६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा मेक्सिकोले सेमिफाइनलमा जमैकालाई तथा पानामाले आयोजक अमेरिकालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

    अहिलेसम्म १७ संस्करण आयोजना हुँदा मेक्सिकोले सर्वाधिक ९ पटक कन्काकाफ गोल्डकप उपाधि जितेको छ । अमेरिकाले ७ पटक उपाधि जित्दा क्यानडाले एक पटक उपाधि जितेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार