Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मेक्सिकोको आप्रवासी हिरासतमा आगलागी, ३९ जनाको मृत्यु

    मेक्सिकोको आप्रवासी हिरासतमा आगलागी, ३९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 390
    SHARES

    काठमाडौं । मेक्सिकोको आप्रवासी हिरासतमा आगलागी हुँदा ३९ जनाको मृत्यु भएको छ ।

    अमेरिकी सीमानजिकै सिउडाड जुआरेजमा रहेको आप्रवासी हिरासत केन्द्रमा सोमबार राति भीषण आगलागीमा परी अन्य २९ बन्दी घाइते भएका छन् ।



    मेक्सिकोको राष्ट्रिय अध्यागमन संस्थानको विज्ञप्तिमा आगलागीमा परी कम्तीमा ३९ जनाको ज्यान गएको छ भने २९ जना घाइतेलाई अस्पताल लगिएको उल्लेख छ ।



    मेक्सिकोको महान्यायाधिवक्ताको कार्यालयले अनुसन्धान सुरु गरेको छ । घटनास्थलमा अनुसन्धानकर्ताहरू रहेका छन् ।

    ‘म दिउँसो एक बजेदेखि मेरा छोराछोरीको बुबाको पर्खाइमा थिएँ, र जब राति १० बजे चारैतिरबाट धुवाँ निस्कन थाल्यो,’ भेनेजुएलाका नागरिक ३१ वर्षीय भ्याङ्ली इन्फान्टेले भनिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार