Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बाबुराम भट्टराईले भने - नेताहरूले गरेका गल्तीलाई साथ दिन सकिँदैन

गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राजनीति सेवाको साधन भएको बताएका छन् ।

पालुङटार नगरपालिका–१ खोप्लाङस्थित ज्योर्ती चौतारामा भएको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यस्तो बताएका हुन् ।

अध्यक्ष भट्टराईले पुराना दलका नेताहरूले पटक–पटक गरेको गल्तीलाई साथ दिन नसकिने बताए । भट्टराईले ठूला नेता आएर प्रतिनिधित्व गरिसकेपछि तीव्र रूपमा काम होला भन्ने सोचे पनि त्यस्तो हुन नसकेको बताए ।

अध्यक्ष भट्टराईले भने, ‘हामीले जसलाई अत्यन्त सदभाव राखेर यो ठाउँमा लिएर आएर, जिताएर पठायौँ । उहाँमा ‘जुन हातले खुवायो, त्यही हात टोक्ने’ भन्ने उखानको जस्तो प्रवृत्ति देखियो । देश र जनताको यत्रो समस्या छ, पूर्वाधारका काम पूरा गर्न बाँकी छन्, विकासको सपनामा यत्रो आकांक्षा छ, युवाहरू रोजगारीको अभावमा विदेश पलायन भएको भयै छन्, ठूला नेता आएर यहाँ प्रतिनिधित्व गरिसकेपछि काम तीव्रतामा जाला भन्ने अपेक्षा थियो, त्यतापट्टि ध्यान छैन, सत्ता बनाउन र चलाउन, चलखेल गर्न, बिचौलियाको जालमा फस्ने उहाँहरूको संकेत देखिरहेको छु, यो अन्त्यन्त गम्भीर छ ।’

सुशासन र समृद्धिको नेतृत्व गर्ने, हरित विकास, दिगो विकास, समावेशी मोडेल निर्माण गर्ने ढंगबाट सुरुवात गर्न भनेर अघि बढेको उनले बताए । सत्तामा नभए पनि जनताको सेवा गर्न सकिने उनले बताए ।

पुराना दलका नेताहरूले सुध्रने भन्दा पनि पटकरपटक गल्ती दोहोर्‍याउनु दुःखद भएको पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077