Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

च्याम्पियन नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं । बंगलादेशमा मैत्रीपूर्ण सिरिजको उपाधि जितेको राष्ट्रिय महिला फुटबल टिम सोमबार स्वदेश फिर्ता भएको छ ।

घरेलु टोलीलाई दोस्रो मैत्रीपूर्ण खेलमा टाइब्रकेरमा ४–२ ले पराजित गर्दै जित निकालेको महिला राष्ट्रिय टोली ट्रफीसहित सोमबार स्वदेश फर्किएको हो।

बंगलादेशमा भएको दुई मैत्रीपूर्ण म्याचमा बराबरी खेलेको नेपालले टाईब्रेकरमा घरेलु टोली बंगलादेशलाई पराजित गर्दै फिफा मान्यताको मैत्रीपूर्ण सिरिज हात पारेको थियो ।

गत भदौमा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगालदेशसँग ३–१ ले पराजित भएको थियो।

एशियाडको तयारीमा रहेको नेपाली महिला टिम एक्सपोजरका लागि बंगलादेश गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077