Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नाबालिग बलात्कार घटना : ठमेलस्थित ‘एलओडी’का म्यानेजरसहित २ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिक्स)क्लबका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।

बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न प्रहरीले एलओडीका म्यानेजर सहदेव सेढाईं र काउन्टरमा काम गर्ने सपना ढुंगानालाई पक्राउ गरेको हो ।

एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको घटनापछि प्रहरीले उमेर नपुगेको व्यक्तिलाई क्लबमा प्रवेश गराएको भन्दै अनुसन्धान गरिरहेको छ ।

यही प्रकरणमा यसअघि एलओडीका सञ्चा लक रुदिल बल्लभ श्रेष्ठ र राजुसिंह सुवाल पक्राउ परेका थिए ।

तर घटना भएका बेला क्लबमा उपस्थित नदेखिएको भन्दै उनीहरु बोलाएका बेला उपस्थित हुने गरी छुटेका छन् । ती नाबालिग सानेपामा पुगेर बलात्कृत भएपछि प्रहरीले एलओडीले लापरबाही गरेको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077