Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रक्षामन्त्री खड्का र यूएईका राजदूत साम्सीबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र युनाइटेड अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला अल साम्सीबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच रक्षा मन्त्रालयमा सोमबार भेटवार्ता भएको हो ।

रक्षामन्त्री खड्काले नेपाल र युनाइटेड अरब इमिरेट्सबीच असल र नजिकको सम्बन्ध रहेको स्मरण गर्दै संयुक्त राष्ट्रसंघको सदस्य तथा असंलग्न परराष्ट्र नीतिको पक्षधर रहेका दुवै देशको विश्‍वव्यापी मुद्दाहरूमा समान धारणा रहेको विचारसमेत व्यक्त गरे ।

त्यस्तै उनले युनाइटेड अरब इमिरेट्सले स्वास्थ्य, शिक्षा, अन्तरीक्ष प्रविधि, ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स, नवप्रवर्तनलगायत अन्य क्षेत्रमा गरेको उल्लेखनीय प्रगति र समृद्धिका लागि बधाईसमेत दिए ।

उक्त अवसरमा राजदूत अब्दुलाले ‘२०२३ दुबई एयर सो’ मा भाग लिन रक्षामन्त्रीको सहभागिताका लागि राजकुमार सेख मोहम्मद बिन रसिद अल माकतौमले पठाएको निमन्त्रणापत्रसमेत हस्तान्तरण गर्दै उक्त कार्यक्रममा सहभागिताको लागि अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077