Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राप्रपा अध्यक्ष लिङ्देन र इप्पान पदाधिकारीबीच ऊर्जा विकासको विषयमा छलफल

    राप्रपा अध्यक्ष लिङ्देन र इप्पान पदाधिकारीबीच ऊर्जा विकासको विषयमा छलफल

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 429
    SHARES

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित कार्यसमितिले राप्रपा अध्यक्ष एवं निवर्तमान उपप्रधानमन्त्री, ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनसँग भेट गरेका छन् ।

    सोमबार इप्पानका नवनिर्वाचित अध्यक्ष गणेश कार्की लगायतका पदाधिकारी सदस्यहरू राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेर अध्यक्ष लिङ्देनसंग भेट गरेका हुन् ।



    उक्त भेटमा नेपालमा विद्युत् उत्पादनको क्षेत्रमा रहेका समस्या र सम्भावनाका बारेमा छलफल भएको बताईएको छ ।



    ऊर्जामन्त्रीको छोटो कार्यकालमै पनि ऊर्जा क्षेत्रको समस्याको पहिचान गरी त्यसको समाधानको प्रयास सुरु गरेकोमा इप्पान टोलीले लिङ्देनलाई धन्यवाद दिए।

    अध्यक्ष लिङ्देनले मन्त्रालयको नेतृत्वमा इमानदारिता र इच्छाशक्ति हुने हो भने नेपालमा ऊर्जा क्षेत्रको विकासमार्फत देशलाई नयाँ दिशामा लैजान सम्भव रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार