Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली नोट र नक्कली सुनको कारोबार गर्ने दुई जना पक्राउ

काठमाडौं । प्रहरीले नक्कली नोट र नक्कली सुनको कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको आरुघाट गाँउपालिका घर भएका दुर्गा बहादुर खत्री क्षेत्री र भारतको देश लखनउ स्थायी घर भई हाल काठमाडौं १० बस्ने विनय कुमार सिंह रहेका छन् ।

बसुन्धारा स्थित वडा एरिया अन्तर्गत विभिन्न स्थानमा नक्कली नोट र सुनको अवैध कारोबार हुन्छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले नक्कली नेपाली र भारतीय नोट बरामद गरेको छ । उनीहरुलाई केरकार गर्दा दुर्गाको कोठाबाट नक्कली सुन सहितका सामान फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट चार थान २००० दरको भारतीय नक्कली नोट, ६थान १००० दरको नेपाली नक्कली नोट र ४ थान ५०० दरको भारतीय नक्कली नोट बरामद गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट नक्कली सुनको विस्कुटहरु सुनजस्तो पँहेलो धातुको टुक्रा राख्न प्रयोग गर्ने प्लास्टिकको पत्ता थान र बागमती प्रदेश९-२९-४१ प ९८८५ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल समेत बरामद गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुको साथबाट ४ किलो २ सय ग्राम नक्कली सुन तथा १६ हजार नक्कली भारतीय रूपैयाँ बरामद गरेको छ । पक्राउ परेका उनीहरूमाथि मुद्रा सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त महाराजगंजबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077