Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पाउने सर्तमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयमा पुग्यौँ : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवम् सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धनमा जोडिएका दललाई विश्वासमा लिएर जानसक्ने वातावरण बनाउन जरुरी रहेको बताएका छन् ।

सानेपास्थित बीपी स्मृति भवनमा मंगलबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सरकारमा पार्टीको सहभागिता एवम् भूमिकाबारे धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको मुलुकको राजनीतिक अवस्था र प्रतिकूल आर्थिक अवस्था लगायत नेपाली जनतामा भएको निराशा, नयाँ पिँढी र युवा पङ्क्तिमा प्रश्न उठेकोले विश्वासको वातावरण बनाउन जरुरी रहेको बताए ।

उनले नेपाली कांग्रेसले राष्ट्रपति पाउने सर्तमा प्रधानमन्त्री दाहाललाई पुस २६ गते विश्वासको मत दिएको बताए । गठबन्धनका लागि कांग्रेस सभापतिको नेतृत्वमा विभिन्न चरणमा वार्ता उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077