Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कास्कीका तीन युवाले मोरङबाट नागरिकता बनाएको खुलासा, नक्कली बाबु जेल चलान

मोरङ । नक्कली बाबु बनेर नागरिकताको सिफारिस गर्ने दुई जनालाई मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।

डेढ वर्ष अगाडि पक्राउ परेका ताप्लेजुङ मौवाखोला ४ का ६१ वर्षीय सूर्यहाङ लिम्बू र सुनसरीको धरान ११ बस्ने ६० वर्षका सूर्यबहादुर फयाङ लिम्बूलाई जिल्ला अदालत मोरङले सोमबार पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दुवैजना २०७८ साल माघ २४ गते पक्राउ परेका थिए । जिल्ला प्रशासन कार्यालय मोरङबाट सूर्यहाङ लिम्बूले बेलबारी नगरपालिका ११ बस्ने भन्दै आफू बुबा भएको कागजात बनाएर कास्की पोखरा १० स्थायी घर भएका रविन गुरुङ, पोखरा १२ का प्रसान्त मगर र पोखरा १६ का गणेश गुरुङलाई नागरिकता बनाउन सिफारिस गरेका थिए । सो किर्ते धन्दामा सूर्यहाङलाई सूर्यबहादुरले सहयोग गरेका थिए ।

झुटो विवरण पेश गरेको थाहा पाएपछि पक्राउ परेका लिम्बूद्वयले सुरज लिम्बू, साजन लिम्बू र सविन लिम्बूको नाममा झुटो नागरिकता बनाएको खुलेको थियो । सूर्यहाङ र सूर्यबहादुर दुवै जना भूतपूर्व (अवकाश प्राप्त) बेलायती सैनिक हुन्।

उनीहरुको चिनजान पल्टनमै भएको थियो। बेलायतका अवकाश प्राप्त सैनिक उनीहरुले बेलायती सैनिकमा भर्ना गरिदिने आश्वासन दिँदै पैसा लिएर पोखराका युवालाई नागरिकता दिलाएको अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077