Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • सीमा पार गरेर उत्तर कोरिया गएका अमेरिकी नागरिक हिरासतमा पुगे

    सीमा पार गरेर उत्तर कोरिया गएका अमेरिकी नागरिक हिरासतमा पुगे

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 543
    SHARES

    फाइल तस्विर

    एजेन्सी । उत्तर कोरियाले सीमा पार गरेको भन्दै एक अमेरिकी नागरिकलाई हिरासतमा लिएको छ ।

    उत्तर कोरिया र दक्षिण कोरियाबीच दुई देशलाई छुट्याउने एउटा गैरसैनिक क्षेत्रबाट उनले अनुमतिविना नै सीमा पार गरेका थिए ।



    यो क्षेत्र दुई वटा कोरियालाई छुट्याएको विश्वको सबैभन्दा धेरै सुदृढ क्षेत्रमध्येको एक हो ।



    यस क्षेत्रमा बारुदी सुरुङ र करेन्ट प्रवाह गरिएको काँडेतार हुन्छ भने क्यामेरामार्फत पनि निगरानी भइरहेको हुन्छ ।

    संयुक्त राष्ट्र सङ्घले यस घटनाबारे उत्तर कोरियाको सेनासँग छलफल भइरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार