Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • डेङ्गुबाट एक वर्षमा चितवनमा मात्रै दुई हजार ३०६जना संक्रमित

    डेङ्गुबाट एक वर्षमा चितवनमा मात्रै दुई हजार ३०६जना संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 771
    SHARES

    काठमाडौं । आर्थिक वर्ष २०७९–८० मा मात्र चितवनमा डेङ्गुबाट दुई हजार ३०६ जना सङ्क्रमित भएका छन् भने चार जनाको मृत्यु भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा डेङ्गुको सङ्क्रमण देखिएका छन् ।



    भरतपुरमा एक हजार छ सय ४६ जना, रत्ननगर नगरपालिकाका दुई पाँच ६५ र खैरहनी नगरपालिकामा एक सय ८४ जना सङ्क्रमित भएका थिए ।



    यस्तै, राप्ती नगरपालिकामा एक सय जना, कालिका नगरपालिकामा ५५, माडी नगरपालिकामा ४० र इच्छाकमना गाउँपालिकामा १६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार