Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • डेङ्गुबाट बंगलादेशमा एकैदिन ७ जनाको मृत्यु

    डेङ्गुबाट बंगलादेशमा एकैदिन ७ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 717
    SHARES

    फाइल तस्विर

    ढाका । बङ्गलादेशमा पछिल्लो समय डेङ्गुका घटनामा उल्लेख्य वृद्धि भएको छ ।

    स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार एकैदिन सात जनाको मृत्यु भएको छ ।



    मृतकको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो । मंगलबार सबैभन्दा बढी एक हजार ५४ जना डेङ्गुका नयाँ बिरामी थपिएका छन् ।



    हाल डेङ्गु सङ्क्रमितको सङ्ख्या १४ हजार आठ सय ९७ पुगेको तथा ८३ जनाले ज्यान गुमाएका महानिर्देशनालयले जनाएको छ ।

    लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बङ्गलादेशमा जुन–सेप्टेम्बरको मनसुन अवधि डेङ्गु ज्वरोको मौसम हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार