Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बंगलादेशमा मतदान जारी

    बंगलादेशमा मतदान जारी

    अनलाइन नेपाल
  • आइतबार, २२ पुष २०८०
  • 399
    SHARES

    एजेन्सी । बंगलादेशमा आम निर्वाचनको मतदान जारी छ । बिहान आठ बजेदेखि जारी मतदान साँझ ५ बजे समाप्त हुनेछ।

    चुनावको नतिजा ८ जनवरी बिहानै घोषणा हुने सम्भावना छ। यो निर्वाचनबाट वर्तमान प्रधानमन्त्री शेख हसिनाको चौथो जित सुनिश्चित देखिएको छ ।



    पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको मुख्य विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टीले चुनाव बहिस्कार गरेकाले पनि शेख हसिनाको जित निश्चित रहेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।



    ७८ वर्षीया खालिदा जिया भ्रष्टाचारमा दोषी ठहरिएपछि घरमै नजरबन्द छिन् ।

    प्रधानमन्त्री शेख हसिनाले भने ढाकाको एक केन्द्रबाट मतदान गरिसकेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार