Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • बंगलादेशमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, १२ घाइते

    बंगलादेशमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, १२ घाइते

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 936
    SHARES

    ढाका । बंगलादेशको सिलेट जिल्लामा बुधबार ट्रक र पिकअप भ्यान एकआपसमा ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् ।

    सिलेटको दक्षिण सुर्मा प्रहरी चौकीका इन्स्पेक्टर मोहम्मद अबुल हुसेनले दुर्घटनाको पुष्टि गर्दै भने, “दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।



    राजधानी ढाकाबाट करिब २४० किलोमिटर उत्तरपूर्वमा रहेको सो जिल्लामा स्थानीय समयअनुसार बिहान ६ः०० बजे भएको सडक दुर्घटनामा परी केही मजदुर गम्भीर घाइते भएका छन् ।



    घाइते सबैलाई स्थानीय अस्पताल र क्लिनिकमा लगिएको र दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको उनले बताए ।

    बंगलादेशमा सडक दुर्घटनाका कारण हुने मृत्युदर विश्वमै सबैभन्दा बढी छ । कमजोर राजमार्ग, खराब सवारी साधन, चालकहरूले ट्राफिक नियमको उल्लंघन गर्नु र ट्राफिक विभागको अनुगमनको कमी हुनु यहाँको दुर्घटनाको मुख्य कारण हुने गरेका छन् ।

    बंगलादेशमा मुस्लिम धर्मावलम्बीको इद उल फित्र पर्वको दौडान अप्रिल १५ देखि अप्रिल २९ सम्म ३०४ वटा सवारी दुर्घटनामा परी ३२८ जनाको मृत्यु भएको छ भने ५६५ जना घाइते भएका छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार