Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • फिफा वरीयतामा नेपाल यथावत् स्थानमा

    फिफा वरीयतामा नेपाल यथावत् स्थानमा

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 831
    SHARES

    काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा) ले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत छ।

    नयाँ वरीयताअनुसार नेपाल १७५औँ स्थानमा यथावत् छ । नेपाल अघिल्लो महिनामा १७५ औं स्थानमै रहेको थियो ।



    दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ । ९९ औं स्थानमा रहेको भारत नेपाल भन्दा अघि रहेको स्थानमा छ ।



    दोस्रो स्थानको माल्दिभ्स, चौथो स्थानको भुटान, पाँचौँ स्थानको बंगलादेश, छैटौँ स्थानको पाकिस्तान र फिफाको प्रतिबन्धमा रहेको श्रीलंका रहेको छ ।

    अर्जेन्टिना वरीयताको शीर्ष स्थानमा यथावत रहेको छ । साथै विश्व वरीयताको दोस्रो स्थान फ्रान्स र तेस्रो स्थानमा ब्राजिल रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार