Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो

    फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 936
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको वरीयता खस्किएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक स्थान तल झरेको हो ।

    यसअघि १ सय ७५ स्थानमा रहेको नेपाल नयाँ वरीयताअनुसार १ सय ७५ स्थानमा झरेको छ ।



    नेपाल भर्खर मात्र भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको समुह चरणबाटै बाहिरिएको थियो । नेपालले समूहको खेलमा ओमान र भारतसँग हार खेपेको थियो भने पाकिस्तानलाई हराएको थियो ।



    विश्व वरीयतामा विश्व च्याम्पियन अर्जेन्टिना शीर्ष स्थानमा यथावत छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रोमा छन् ।

    वरीयतामा दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा छ । भारत समग्रमा एक सय स्थानमा छ ।

    यस्तै, साफ राष्ट्रहरुमध्ये भारत (१०० औँ) तथा माल्दिभ्स (१५४) भने नेपाल भन्दा माथि रहेका छन् । भुटान (१८४), बंगलादेश (१९२), पाकिस्तान (२०१) तथा श्रीलंका (२०७) भने नेपाल भन्दा पछाडी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार