Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मैत्रीपूर्ण फुटबलमा म्यानमारसँग हार्‍यो नेपाल

    मैत्रीपूर्ण फुटबलमा म्यानमारसँग हार्‍यो नेपाल

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोली म्यानमारसँग पराजित भएको छ ।

    सोमबार म्यानमारको याङ्गोनमा रहेको थुवुना रङ्गशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोलीसँग १–० गोलले पराजित भएको हो ।



    म्यानमारका लागि विन नाइन तुनले खेलको ८६ औँ मिनेटमा गोल गरे । यसअघि शुक्रवार भएको पहिलो खेलमा दुवै टोलीले गोलरहित बराबर खेलेका थिए ।



    फिफा वरीयतामा म्यानमार नेपालभन्दा १५ औँ स्थान माथि छ । नेपाल १ सय ७५ औँ स्थानमा छ भने म्यानमार १ सय ६० औँ स्थानमा छ । विश्वकप छनोटको पहिलो चरणअघि नेपालले तयारीका लागि म्यानमारसँग दुई मैत्रीपूर्ण फुटबल खेलेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार