Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • एमालेको प्रष्टीकरण -सदस्य घटेको हल्ला निराधार हो, त्रुटी सच्याउन खोजिएको छ

    एमालेको प्रष्टीकरण -सदस्य घटेको हल्ला निराधार हो, त्रुटी सच्याउन खोजिएको छ

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 600
    SHARES

    काठमाडौं । नेकपा एमाले पार्टी सदस्यता नवीकरण नगर्नेको संख्या घटेको भन्ने बजार हल्लामा कुनै सत्यता नभएको बताएको छ ।

    संगठन विभागले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टी सदस्यता नवीकरण नगर्नुको कारणहरु प्रस्तुत गरेको हो । एमालेले नवीकरण नगर्ने अन्य कारणहरुमा योग्यतम् सदस्यहरूको मात्र नवीकरण गर्ने काम भएको जनाएको छ ।



    संगठन विभागका प्रमुख काशीनाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सदस्यहरूको विवरण र तोकिएको शुल्क तथा लेबी प्रदेश हुँदै केन्द्रमा आउने क्रम आरम्भ भइसकेको छ । स्मरणीय छ, यसअघि महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यहरूको सदस्यता नवीकरण गरिन्थ्यो । त्यसो गर्दा निस्क्रिय सदस्यहरूले पनि नवीकरण गर्ने अवसर पाउँथे । नेतृत्वका आकाङ्क्षीहरूबाट कतिपय अवस्थामा अन्य भोटर सदस्यहरूको शुल्क तिरिने, दबाब दिएर कमिटीमा निर्णय गराइने जस्ता अनियमित कामहरूका कारण अंक नेपाल कम्युनिष्ट पार्टी एमाले अनुचित ढङ्गले पनि सङ्ख्या बढ्न पुग्थ्यो । नेकपा एमालेको इतिहासमा यसपटक त्यसमा क्रमभङ्ग गरिएको छ ।’



    अधिकारीले एक विज्ञप्ति जारी गर्दै सदस्यहरूको नवीकरण कार्य केन्द्रीय कमिटीले तोकेको अन्तिम मिति असार मसान्तभित्रै सम्पन्न भइसकेको बताए ।

    त्यसैगरी एमालेले दशौं महाधिवेशनका बेला रहेको त्रुटीलाई पनि सच्याउन खोजिएको, एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यहरूको नाम यथावत् रहेको, नेकपा कालमा अनुचित ढंगले दिइएका सदस्यहरूको ठूलो संख्या पनि त्यसमा पर्न गएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार