Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ललिता निवास प्रकरणका आरोपीको निवेदनमा आज फैसला सुनाउँदै सर्वोच्च

    ललिता निवास प्रकरणका आरोपीको निवेदनमा आज फैसला सुनाउँदै सर्वोच्च

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 531
    SHARES

    काठमाडौं । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको प्रकरणका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ ।

    बहालवाला सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर कुमार शाह, भाटभटेनी डिपार्टमेण्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको बन्दीको निवेदनसहित सोसँग सम्बन्धित ६ थान मुद्दाको आज फैसला सुनाइने भएको हो ।



    यस मुद्दामाथि सोमबारदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ भइरहेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा बिहीबार नै बहस सकिएको थियो ।



    बिहीबार सुरुमा सरकारी पक्षबाट बहस भएको थियो। त्यसपछि रिट निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका थिए।

    बिहीबार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सुशील पन्त, उपेन्द्रकेशरी न्यौपाने र राधेश्याम अधिकारीले जवाफी बहस गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार