Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • काठमाडौं महानगरको अल्टिमेटम – सात दिनभित्र ललिता निवास क्षेत्रको जग्गा खाली गर्नू

    काठमाडौं महानगरको अल्टिमेटम – सात दिनभित्र ललिता निवास क्षेत्रको जग्गा खाली गर्नू

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा खाली गर्न आग्रह गरेको छ ।

    विशेष अदालतले व्यक्तिका नाममा रहेको सरकारी जग्गा फिर्ता गर्न आदेश दिएसँगै महानगरले ललिता निवास क्षेत्रबाट आफैं हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरूलाई अनुरोध गरेको हो ।



    महानगरले सूचना प्रकाशित गर्दै ७ दिनको अवधि दिएर सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सहयोगका लागि अनुरोध गरेको छ ।



    “यस सूचनाले तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने व्यहोरा समेत यसै सूचनामार्फत सम्बद्ध सरोकावालालाई सूचित गरिन्छ,” महानगरले भनेको छ ।

    तोकेको समयभित्र जग्गा नछोडे प्रचलित कानुनबमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने व्यहोरासमेत महानगरले सूचित गराएको छ ।

    ललिता निवास परिसरको हिनामिना गरिएको जग्गा सरकारका नाममा ल्याउन विशेष अदालतले फैसला दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार