Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • जफत हुने भयो एनआरएनएको केन्द्रीय कार्यालय भवन

    जफत हुने भयो एनआरएनएको केन्द्रीय कार्यालय भवन

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यालय भवन जफत हुने भएको छ ।

    विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आज फैसला सुनाएको हो ।



    ललिता निवासको १९ रोपनी भन्दा धेरै सरकारी जग्गा व्यक्तिको नाममा गएको विषयमा विशेष अदालतले गरेको फैसलाअनुसार सबै जग्गा जफत हुने छ ।



    एनआरएनएको केन्द्रीय कार्यालय समेत सोही जग्गामा रहेको छ । फैसलामा बालुवाटारको जग्गा आफ्नो नाममा पार्ने ६५ जनाको जग्गा जफत हुने उल्लेख छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको १ सय ३६ रोपनीभन्दा बढी सरकारी जग्गा हडपेर भ्रष्टाचार गरेको निष्कर्षसहित २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

    ललिता निवास जग्गा प्रकरणमा अख्तियारले ४ पूर्वमन्त्री र ३ पूर्व सचिव सहित १७५ जनालाई प्रतिवादी बनाएको थियो ।

    अख्तियारले नेपाली कांग्रेसका उपसभापति समेत रहेका विजय गच्छदार सहितका व्यक्तिलाई उक्त प्रकरणमा संलग्न भएको भनि मुख्य प्रतिवादी बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार