Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ललिता निवास प्रकरण : पूर्वमन्त्रीद्वय जोशी र श्रेष्ठले पनि पाए सफाइ

    ललिता निवास प्रकरण : पूर्वमन्त्रीद्वय जोशी र श्रेष्ठले पनि पाए सफाइ

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 630
    SHARES

    काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशीले पनि सफाइ पाएका छन् । उनीसहित तत्कालीन सचिव दिनेशहरि अधिकारीले पनि सफाइ पाएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीविरुद्ध सात करोड आठ लाख रुपैयाँ बिगो माग दाबी गरेर २२ माघ २०७६ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।



    चार वर्षअघि दायर गरेको मुद्दामा विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले बिहीवार निर्णय सुनाएको हो ।



    विशेष अदालतले २३ दिन लगातार सुनुवाइ गरेर आज अन्तिम फैसलाबाट विजयकुमार गच्छदार र सचिव डम्बर श्रेष्ठले पनि सफाए पाएका छन् ।

    यसअघि आयोगले ललिता निवासको जग्गा व्यक्तिगत नाममा दर्ताको प्रक्रियामा तात्कालिक भौतिक योजनामन्त्री विजयकुमार गच्छदार तथा तात्कालिक भूमिसुधारमन्त्रीहरू डम्बरकुमार श्रेष्ठ र चन्द्रदेव जोशी समेत संलग्न भएको आरोप दाबी गर्दै कैद र जरिवानाको सजाय माग गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार