Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस बैठकमा आरजुको व्यंग्य - महामन्त्री थापाको प्रतिवेदन एनजीओको रिपोर्ट जस्तो लाग्यो !

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले कांग्रेसले देशको दूरगामी रणनीतिसहितको योजना ल्याउनुपर्ने बताएकी छन् ।

शुक्रबारको केन्द्रीय समितिमा धारणा राख्दै आरजुले पार्टीले दूरगामी योजना ल्याउनुपर्नेमा त्यो नभएको बताएकी हुन् । आरजुले महामन्त्री गगन थापाले ल्याएको राजनीतिक प्रतिवेदन दूरगामी खालको नदेखिएको टिप्पणी गरिन् ।

आरजुले भनिन्, ‘देश कतातिर जाने राजनीति कतातिर जाने दूरगामी र देशलाई हाँक्ने केही देखिएन । म अचम्भित भएँ महामन्त्रीको प्रतिवेदन राजनीतिक दस्तावेज आउँछ होला सोचेको थिएँ । तर, एउटा एनजीओको रिपोर्ट जस्तो लाग्यो । धेरै कार्यक्रम गर्ने तर त्यसको उपलब्धि के हो त ? क्लियर के हो त ?’

उनले पार्टीका मन्त्रीहरूबाट पनि अपेक्षित काम उठ्न नसकेको टिप्पणी गरेकी छन् । घोषणापत्रलाई चुनावमा मात्र सीमित गर्न नहुने उनको भनाइ थियो । सभापति शेरबहादुर देउवापत्नीसमेत रहेकी राणाले पार्टी नेतृत्वको आलोचना गर्नेप्रति पनि आक्रोश पोखिन् ।

उनले पार्टीभित्र रूपान्तरण आवश्यक भए पनि जिल्ला-जिल्लामा हुने रूपान्तरणका अभियान महाधिवेशन तयारीका लागि गरिएकोजस्तो देखिएको बताईन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077