Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रदीप पौडेलले भने – प्रतिनिधिसभा २०१ र राष्ट्रियसभा ३५ सदस्यीय बनाऔं

    प्रदीप पौडेलले भने – प्रतिनिधिसभा २०१ र राष्ट्रियसभा ३५ सदस्यीय बनाऔं

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 633
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रतिनिधिसभार राष्ट्रियसभा सदस्यको संख्या हेरफेर गनुपर्ने बताएका छन् ।

    मङ्गलबारबाट जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै पौडेलले यस्तो प्रस्ताव गरेका हुन् । पौडेलले प्रतिनिधि सभा २०१ र राष्ट्रिय सभा ३५ सदस्यीय हुनुपर्ने धारणा पार्टी बैठकमा राखेका छन् ।



    केही संवैधानिक व्यवस्था संशोधनका लागि कांग्रेसले नेतृत्व लिनुपर्ने उनले उल्लेख गरेका छन् । समावेशीताका आधारमा प्रतिनिधि सभा २०१ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न कांग्रेसले अगुवाई लिनुपर्ने उनको भनाई छ ।



    पार्टीबाट प्रधानमन्त्री र मुख्यमन्त्री दुईपटक भन्दा बढी हुन नपाउने व्यवस्था राख्नुपर्ने पौडेलको धारणा थियो ।

    एउटा व्यक्तिले चारपटक भन्दा बढी टिकट नपाउने प्रावधान पार्टीमा राख्नुपर्ने पौडेलको मत थियो । उनले निर्वाचनमा टिकट केन्द्रले नभइ जनताले वितरण गर्ने प्रणाली अपनाउनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार