Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सीमित कार्य गर्न पाउने गरि थप ११ वटा संस्थाले पाए ब्रोकर लाइसेन्स

काठमाडौं । सेयर कारोबारका लागि थप ११ कम्पनीले ब्रोकर लाइसेन्स पाएका छन्। धितोपत्र बोर्डको बिहिबार बसेको संचालक समिति बैठकले ११ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो।

बोर्डकाअनुसार मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हव प्रा.लि., आकाशभैरव सेक्युरिटिज, पाही इन्भेष्टमेन्ट प्रा.लि., एस्.पी.एस्.ए. सेक्युरिटिज, एन.एम.बि. सेक्यूरिटिजले लाइसेन्स पाएका छन् ।

त्यस्तै, लाइसेन्स पाउनेमा सानिमा सेक्यूरिटिज, स्टक्स्कार्टस् सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज, ब्लु चिप सेक्युरिटिज र गरिमा सेक्युरिटिज रहेका छन् ।

योसँगै सेयर कारोबारका लागि लाइसेन्स पाउने कम्पनीको संख्या ८० पुगेको छ।

हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077