Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीका तनहुँ जिल्ला अध्यक्ष कार्कीसहित २५ जना एमालेमै फर्किए

पोखरा । नेकपा एकीकृत समाजवादीका तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्कीसहितका केही जिल्ला सदस्य नेकपा एमालेमा फर्किएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी तनहुँले शुक्रबार आयोजना गरेको पार्टी समाहित कार्यक्रममा अध्यक्ष कार्कीसहितका २५ जना नेता कार्यकर्ता एमालेमै फर्किएका हुन् ।

पार्टीमा फर्किएका उनीहरुलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव एवंम् गण्डकी प्रदेशका ईन्चार्ज गोकर्ण विष्टले स्वागत गरेका हुन् ।

वैशाखमा भएको उपनिर्वाचनमा नै एमालेमा फर्किने बताउँदै आएका जिल्ला अध्यक्ष कार्की अन्तिम समयमा एमाले फर्कने कार्यक्रम रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077