Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आज काठमाडौँ र ललितपुरका यी क्षेत्रमा ८ घण्टा लोडसेडिङ

काठमाडौं । आज काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा विद्युत वितरण प्रभावित हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली आज आठ घण्टासम्म बन्द हुने भएको हो ।

प्राधिकरणले हिजो नै सूचना निकालेर आज बिहान साढे ८ बजेदेखि दिउँसो साढे ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी गराएको थियो ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाको टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १ सय ३२ केभीमा चार्ज गर्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077