Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

झापाबाट ठूलो परिमाणमा सालको गोलिया काठ बरामद

झापा । सशस्त्र प्रहरीले झापाको मेचीनगरबाट ठुलो परिणाममा साल जातको गोलिया काठ बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल नेतृत्वमा गएको टोलीले शुक्रबार मध्यराती १२ बजे अन्दाजी ७०० सय क्युफिट गोलिया काठ बरामद गरेको हो।

तस्कर समूहले ट्याक्टरमा लोड गरी लैजाँदै गरेको साल जातको गोलिया काठ सशस्त्र प्रहरीलाई देख्न साथ ट्याक्टर छाडेर भागेका थिए। सशस्त्रले तत्काल सो ट्याक्टरलाई नियन्त्रणमा लिएर तस्कर समूहको खोजी गर्दा थप एउटा ट्याक्टरसहित काठ फेला परेको हो ।

घटनास्थलबाट काठ चोरी तस्करी गर्ने व्यक्ति फेला नपरेपनि नियन्त्रणमा लिएको दुई वटा ट्याक्टर र काठ गरी करिब ४० लाख रुपैयाँ मूल्याङ्कन तोकेर जिल्ला डिभिजन वन कार्यालय झापा बुझाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077