Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नयाँ पार्टी उर्लंदो खहरे हुन्, कांग्रेसले आत्तिनु पर्दैन : रमेश लेखक

रामेछाप । नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नयाँ पार्टीहरु उर्लंदो खहरे भएकाले कसैले आत्तिनु नपर्ने बताएका छन् ।

४१औं बीपी स्मृति दिवसका अवसरमा शनिबार रामेछापको भंगेरीमा आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचेतक लेखकले यस्तो बताएका हुन् ।

लेखकले भने, ‘कांग्रेस सुख्खायाम मानिने हिउँदको मंसिर पुसमा पनि उत्तिकै लयमा बग्ने नदी समान पार्टी हो, अरु खहरे हुन्, ती मंसिर आए पछि देखिदा पनि देखिँदैनन् ।’

प्रमुख सचेतक लेखकले पुराना पार्टीवाट नै निकास निस्कने दाबीसमेत गरे । प्रमुख सचेतक लेखकले बीपीको विचार कालजयी भएको बताए ।

पार्टीका संस्थापक बीपी कोइराला कांग्रेसको नेता मात्रै नभएर महामानवसमेत भएको बताउँदै खरेलले हरेक कांग्रेसले बीपीको सिद्धान्तमा हिँडनुपर्ने र उनका विचार अनुसरण गर्नुपर्नेमा जोड गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077