Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रक्षामन्त्री खड्का कार्यवहाक प्रधानमन्त्री

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादूर खड्कालाई कार्यवहाक प्रधानमन्त्रीको जिम्मा दिइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार इटाली गएकाले खड्कालाई सो जिम्मेवारी दिइएको हो । मन्त्रिपरिषद्मा दोस्रो वरीयताका खड्कालाई कार्यवहाकको जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा खड्काले सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन शनिबार साँझ इटाली प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077