Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • महाकाली नदीमा हाम फालेका युवकको शव भेटियो

    महाकाली नदीमा हाम फालेका युवकको शव भेटियो

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 597
    SHARES

    फाइल तस्बिर

    भीमदत्तनगर । भीमदत्त नगरपालिका–१३ दोधारा चादँनी झोलुङ्गे पुलबाट महाकाली नदीमा हाम फालेका २८ वर्षीय जनक भट्टको शव आज बिहान फेला परेको छ ।

    कृष्णपुर नगरपालिका–६ का भट्टको शब कञ्चनपुरको गड्डाचौकीस्थित महाकाली सिँचाइको नहरमा भेटिएको हो।



    नहरमा बग्दै गरेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। भट्टले गए राति नौ बजे झोलुङ्गे पुलबाट हाम फालेका थिए।



    घटनाबारे थप अनुसन्धान गर्न प्रहरी निरीक्षक भरतराज गिरीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार