Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ६ दिनदेखि हराइरहेका युवकको शव गोकर्णेश्वरमा भेटियो

    ६ दिनदेखि हराइरहेका युवकको शव गोकर्णेश्वरमा भेटियो

    अनलाइन नेपाल
  • बुधबार, २६ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । विगत ६ दिनदेखि हराइरहेका काठमाडौं गोकर्णेश्वरका एक युवकको शव बुधबार भेटिएको छ ।

    प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिकाका २७ बर्षीय शिशिर भण्डारीको शव बुधबार गोकर्णेश्वर नगरपालिकाकै ओख्रेनी जाने बाटोमा बाग्मती किनारमा शव भेटिएको हो।



    भण्डारी गत माघ २० गतेदेखि हराएका थिए। उनी हराएको उजुरी सोही दिन महानगरीय प्रहरी वृत्त वौद्धमा परेको थियो ।



    शव भेटिएको सूचना पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार