Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • हत्या गरिएको अवस्थामा एक युवकको शव फेला

    हत्या गरिएको अवस्थामा एक युवकको शव फेला

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 2K
    SHARES

    फाइल तस्विर

    धनुषा । धनुषामा एक युवकको शव भेटिएको छ ।

    धनुषाको हंसपुर नगरपालिका ७ बस्ने १८ वर्षीय विजय महराको शव हत्या गरिएको अवस्थामा भेटिएको हो ।



    महराको शव सोही नगरपालिकाको वडा- ६ स्थित गहुँ खेतमा भेटिएको धनुषा प्रहरीले जनाएको छ ।



    उनका अनुसार महराको बायाँ आँखाको माथि निधारमा गोली प्रहार भएको र पछाडि ढाडमा दुई पटक चक्कुले प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।

    शव भेटिएको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार