Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोली काठमाडौंमा

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का पोलिटब्यूरो सदस्य समेत युआन च्या च्युन तीन दिने नेपाल भ्रमण क्रममा आइतबार काठमाडौं आइपुगेका छन् ।

दक्षिण एसियाका मुलुकहरुको भ्रमणमा रहेका उनी श्रीलंकाको भ्रमण सकेर नेपाल आएका हुन् । युआन चीनको ठूलो र शक्तिशाली सहरहरु मध्येको एक छोङछिङ सहरको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका हुन् ।

युआन छोङछिङ नगर कमिटीमा सीपीसीका सचिव हुन् । सचिव उक्त सहरको पार्टी प्रमुख हुने प्रावधान छ ।

चिनियाँ नेता युआनले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साउन ७ मा भेट्ने कार्यक्रम रहे पनि दाहाल शनिबारै इटाली लागेपछि अब भेटवार्ता नहुने भएको छ ।

शनिबार नै प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान गरिसकेका छन् । तर युआनको यो भ्रमणमा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे समेत छलफल हुने तयारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077