Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विदेश भ्रमण जाने नेपालीले २५ सय अमेरिकी डलर साट्न पाउने

    विदेश भ्रमण जाने नेपालीले २५ सय अमेरिकी डलर साट्न पाउने

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 612
    SHARES

    काठमाडौं । विदेश भ्रमणमा जाने नेपालीले २ हजार ५ सय अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् ।

    राष्ट्र बैंकले आइतबार जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विदेशी मुद्रा सटही सीमा बढाइएको हो ।



    हाल भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १ हजार ५०० सम्म सटही सुविधा उपलव्ध हुने व्यवस्था थियो ।



    उक्त सीमा बढाएर २५ सय अमेरिकी डलर पुर्‍याइएको हो । विद‍ेशी मुद्रा सञ्चितिमा सुधार आएसँगै राष्ट्र बैंकले विदेश भ्रमणमा जानेलाई सटही सुविधाको सीमा बढाइदिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार