Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपा एसका रामेछाप जिल्ला अध्यक्ष बस्नेत एमालेमा प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीका रामेछाप जिल्ला अध्यक्ष रमेश बस्नेत एमालेमा फर्किएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसका अवसरमा बस्नेत एमालेमा फर्किएका हुन् ।

उनलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज रामेछापको मन्थलिमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरे ।

मन्थली नगरपालिकाको पूर्व मेयरसमेत रहेका बस्नेत गत आम निर्वाचनमा गठवन्धनलाई चूनौती दिँदै प्रदेशसभाको उम्मेदवार बनेका थिए । तर निर्वाचनमा पराजित भएपछि पार्टीमा असन्तुष्ट रहेका बस्नेत अन्तत एमालेमै फर्किएका छन् ।

बस्नेतसँगै लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ७ मा नेकपा एसबाट निर्वाचित वडा सदस्य सरोज आले मगर र राप्रपाका नेता केशव दाहाल पनि एमाले प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077