Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • शरणार्थी प्रकरणमा बालकृष्ण खाँणलाई सरकारले नै फसायो : महेन्द्र यादव

    शरणार्थी प्रकरणमा बालकृष्ण खाँणलाई सरकारले नै फसायो : महेन्द्र यादव

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 579
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई सरकारले नै फसाएको आरोप लगाएका छन्।

    आइतबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै सहमहामन्त्री यादवले खाँणमाथि राज्यले ठूलो अन्याय गरेको बताएका हुन् ।



    सहमहामन्त्री यादवले भने,‘हाम्रो आदरणीय नेता, नेपाली कांग्रेसका जुझारु नेता बालकृष्ण खाँणलाई राज्यले फसाएको छ, उहाँमाथि राज्यले ठूलो अन्याय गरेको छ । अहिलेसम्मको अनुसन्धानबाट न कुनै जाहेरी छ, न उहाँलाई कसैले पोलेको छ, न कुनै प्रमाण भेटिएको छ । तर थप मुद्दा राजद्रोह पनि लगाइएको छ । ठगी मुद्दामा राजद्रोह लगाउृने हो भने दिनमा १०÷२० वटा राजद्रोहको मुद्दा लाग्छ ।’



    सहमहामन्त्री यादवले खाँणमाथि अभियोगमात्र लागेको तर प्रमाणित नभएकाले कसुरदारजस्तो व्यवहार गर्न नहुने बताए ।

    खाँणले पार्टीका नेता कार्यकर्ताको धेरै संरक्षण गरेको भन्दै यादवले उनलाई दुख पर्दा सहयोग गर्नुपर्ने बताए ।

    नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको आरोपमा खाँण कारागारमा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार