Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) राख्न प्रस्ताव

काठमाडौँ । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्न लिखित प्रस्ताव गर्दै एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) राख्न प्रस्ताव गरेको छ ।

नेसपाका अध्यक्ष महिन्द्र राय यादवका अनुसार गत जेठमै माओवादी केन्द्रसमक्ष यस्तो प्रस्ताव पठाइएका हो । 'माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्न हामीले जेठमै लिखित प्रस्ताव पठाएका छौं,' उनले भने, 'हामीले औपचारिक रूपमा एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्न प्रस्ताव गरेका हौं ।'

माओवादी केन्द्र र नेसपाबीच एकीकरण भए एकीकृत पार्टीको चुनाव चिह्न परिवर्तन गर्नुपर्ने तर झन्डा भने माओवादी केन्द्रकै कायम राख्नुपर्ने सुझाव नेपाले दिएको यादवले बताए ।

'एकीकरणपछि अहिलेको चुनाव चिह्न फेरौं तर भन्डा भने कायम राखौं भन्ने हाम्रो प्रस्ताव छ,' उनले भने । नेसपाले माओवादी केन्द्रलाई पठाएको लिखित प्रस्तावका विषयमा माओवादी केन्द्रबाट अहिलेसम्म कुनै जवाफ नआएको उनको भनाइ छ । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077