Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पुनः कोरिया जानेको कामदारको भाषा परीक्षा भदौमा

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा काम गरी वैधानिक रूपमा फर्किएर पुनः कोरिया जान चाहने नेपाली कामदारका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ ।

सन २०२३ का लागि विशेष कोरियाली भाषा परीक्षा (सिबिटी) सञ्चालन गर्न लागिएको इपिएस कोरिया शाखाले जनाएको छ ।

इपिएस शाखाका अनुसार कोरियाको मानव संसाधन विभाग (एचआरडी) बाट यस्तो परीक्षा सञ्चालन हुँदै छ । यो परीक्षा पास गरेपछि पुनः कोरिया जाने कामदारलाई वैधानिक बाटो खुल्नेछ । एचआरडीबाट प्राप्त नाम समावेश भएकामध्ये इच्छुक नेपाली कामदारले आवेदन दिन सक्नेभएका छन् ।

इपिएस कोरिया शाखाका अनुसार इपिएस अन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र १ जनवरी २०१० पछि भिसा अवधिभित्रै स्वेच्छिक रूपमा नेपाल फर्किएकाले मात्र पुनः रोजगारीका लागि अवसर पाउने भएका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077