Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कांग्रेस केन्द्रीय समितिमा आज जवाफ दिँदै सभापति र महामन्त्री

    कांग्रेस केन्द्रीय समितिमा आज जवाफ दिँदै सभापति र महामन्त्री

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 510
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आज सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले जवाफ दिनेछन् ।

    अपराह्न ३ बजेदेखि सुरू हुने बैठकमा उनीहरुले केन्द्रीय सदस्यहरूले राखेको धारणामा जवाफदिन लागेका हुन् ।



    असार २ गतेदेखि जारी बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० एजेन्डा र महामन्त्री गगन थापाले प्रस्तुत गरेको वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।



    ती विषयमा आइतबारसम्म केन्द्रीय सदस्यहरूले आ(आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए। सहमहामन्त्रीहरूले आइतबार नै बोलिसकेका छन्।

    केन्द्रीय सदस्यहरूको धारणा तथा सुझावको आज सभापति र महामन्त्रीहरूले जवाफ दिएपछि बैठकमा बोल्ने क्रम सकिनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार